काठमाडौंका विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुर्व्यसविरुद्ध अभियान

काठमाडौंका विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुर्व्यसविरुद्ध अभियान

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । काठमाडौंका वालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना अभियान सुरु भएको छ। युवा सृजनशील समाजले एकसातादेखि उक्त अभियान संचालन गरिरहेको छ।

समाले बुद्धनगर आधारभुत विद्यालय, रत्नराज्य हाइस्कुल, मध्यबानेश्वर, रुद्रमति स्कुलमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतना मुलक अभियान संचालन गरिसकेको समाजकी अध्यक्ष शारदा लामाले जानकारी दिइन।

कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पतालका डा.आदित्य रंजितले धुम्रपान र सुर्तीसेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायतका रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीमार्फत घरघरमा सन्देश पुर्याउनुपर्ने बताए।

धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइकन सिंगो परिवारलाई र आफू आसपासका व्यक्तिलाई समेत सुर्तीको धुवाँबाट असर गरेर विरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्नुपर्ने धारणा राखे।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल,नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा वढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घ रोग लाग्ने जानकारी दिए।

सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका वालवालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको १ सय मिटर वरपरसम्म सुर्ती बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाएको हुँदा विद्यार्थीहरुले स्थानीय तह, प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने बताए।
सुर्ती सेवनबाट दैनिक ७३ जनाको ज्यान गइरहेको र सुर्तीको धुवाँमा वर्षेनी ४७ अर्ब रुपैयाँ उडिरहेको हुँदा सुर्तीलाई नियन्त्रण गर्नुपर्ने धारणा उनले राखे।

अध्यक्ष लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थीहरु यसबाट टाढा रहनुपर्ने दृष्टान्त पेश गरिन्। उनले सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभइ भविष्यका कर्णधारहरुको जीवन नै खतरामा पार्ने भएकाले कसैंले भन्दैमा उक्साउँदैमा सुर्ती सेवन त के खरिदसम्म पनि गर्न नहुने स्पष्ट पारिन्।

काठमाडौं महानगर पालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफै पनि सक्रिय भएर लाग्ने र यसमा सवैको साथ अनि सहयोग आवश्यक रहेको बताइन्। बुद्धनगर आधारभुत विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिए।

Logo