स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन

स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन

केन्द्रबिन्दु
18
Shares

पाटन । नेपालमा स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिता जिम साइमन्सको निधन भएको छ।

गणितविज्ञ एवं बाल स्ट्रिटका सफल लगानीकर्ता जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको ‘निक साइन्स फाउन्डेसन नेपाल’का अध्यक्ष विद्याधर मल्लिकले जानकारी गराए।

“जिम साइमन्सको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा गत शुक्रबार उहाँको निधन भएको हो, सन् २००२ मा उहाँको छोरा निक साइमन्स नेपाल भ्रमणमा आउनुभएको थियो, त्यतिबेला उहाँले नेपालप्रतिको लगावबारे आमाबुवालाई भन्नुभएको थियो, सन् २००३ मा इन्डोनेसियामा निकको मृत्यु भएको थियो, त्यसपछि जेम्सले छोराको नाममा निक साइमन्स फाउन्डेसन र निक साइमन्स इन्स्टिच्युटमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो”, उनले भने।

उनले गणितका क्षेत्रमा क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी र कन्डेन्स्ड मेटर फिजिमक्समा महत्त्वपूर्ण भूमिका खेल्ने अध्ययन प्रकाशित गरेको उनले जानकारी गराए। पूरा नाम जेम्स ह्यारिस साइमन्स रहेका उनले सन् १९७५ मा ज्यामितिमा अमेरिकाको राष्ट्रिय पुरस्कार पाएका थिए। पछि ४० वर्षको उमेरमा उनले लगानीका क्षेत्रमा काम सुरु गरेका थिए। उनले ‘रेनेसान्स टेक्नोलोजिज’ नामक लगानी व्यवस्थापन कम्पनी स्थापना गरेका थिए।

गणितकै विज्ञता प्रयोग गरेर उहाँले यो कम्पनीलाई केही दशक वार्षिक ६६ प्रतिशतसम्म नाफा कमाउन सफल भएका थिए। उनले सुरु गरेको गणितमा आधारित कम्प्युटर पद्धतिको प्रयोगपछि अन्य कम्पनीले थालेका थिए र लगानीकर्तालाई ठूलो मुनाफा दिन सफल भएका थिए।

साइमन्सले ठूलो रकम विश्वभर दान गर्दै आएका थिए। उनको परोपकारी संस्था साइमन्स फाउन्डेसनले नेपालमा निक साइमन्स इन्स्टिच्युटबाट स्वास्थ्यका क्षेत्रमा सहयोग एवं योगदान गर्दै आएको छ। फोर्ब्सका अनुसार हाल उनको कूल सम्पत्ति ३१ अर्ब अमेरिकी डलरभन्दा बढी छ।

Logo