कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

केन्द्रबिन्दु
12
Shares

गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिनुभयो। गत वैशाखमा सडक कालोपत्र थालिएको हो।

गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो। सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताए। “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उनले भने। पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्याउन सहज भएको छ।

Skip This
Skip This
Logo