साना टापु राष्ट्रको चौथो सम्मेलनमा भाग लिन परराष्ट्र सचिव सेन्ट जोन्सतर्फ

साना टापु राष्ट्रको चौथो सम्मेलनमा भाग लिन परराष्ट्र सचिव सेन्ट जोन्सतर्फ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा भाग लिन शुक्रबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घले सम्मेलन आयोजनामा गरेको हो। सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा सचिव लम्सालले समूहको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्राललयले जनाएको छ। साथै उनले आफ्ना समकक्षीलगायत विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्।

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा हुनका साथै नयाँ दशकको लागि कार्य योजना प्रस्ताव हुनेछ।

राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ। चौथो सम्मेलन “उत्थानशील समृद्धितर्फको मार्गचित्र” शीर्षकमा हुँदैछ। परराष्ट्र सचिव लम्साल जेठ १८ गते काठमाडौँ फर्किनेछन्।

Skip This
Logo