काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पाँचदेखि नौ घण्टासम्म विद्युत अवरुद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पाँचदेखि नौ घण्टासम्म विद्युत अवरुद्ध हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि नौ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ।

विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुनेछ।

मातातिर्थ फिडरअन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ।

प्राधिकरणका अनुसार ललितपुरको पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

Skip This
Skip This
Logo