‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।

“धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भने, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ। विमानको ८:२५ बजेको उडान तालिका थियो।

विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए।

Skip This
Skip This
Logo