मेयर बालेनले गरे वडा नं ८ को नवनिर्मित वडा कार्यालय भवनकाे समुद्घाटन

मेयर बालेनले गरे वडा नं ८ को नवनिर्मित वडा कार्यालय भवनकाे समुद्घाटन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं महानगरपालिका वडा ८ को नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन समारोह सम्पन्न भएको छ । आज आयोजित एक समारोहका बिच काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’, उपप्रमुख सुनिता डंगोल सहित कामपा ८ का वडाअध्यक्ष आशामान संगतले शिलापत्र अनावरण सहित रिवन काटेर भवनको समुद्घाटन गरेका हुन् ।

कार्यक्रमका स्वागत मन्तव्य राख्दै काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत विगत २२ वर्षको प्रतिक्षा पछि वडावासीले नवनिर्मित वडा कार्यालय भवन पाएकाे बताए । उनले, पशुपतिनाथ परिसरमा रहेको बडा भवन गुरूयोजना लागु गर्ने क्रममा भत्काइएको र करिव २२ वर्षपछि पशुपति क्षेत्र विकास कोर्षले जग्गा उपलब्ध गराए पश्चात् भवन बनाइएको बताए ।

त्यस्तै, काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले ऐतिहासिक वडा भवन समुद्घाटन गर्न पाउँदा वडाअध्यक्ष सहित सम्पूर्णमा शुभकामना ब्यक्त गरे । उनले अहिलेको बेला भनेेको भाषण भन्दा पनि काम गर्ने बेला रहेको बताए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पाशुपत क्षेत्र रहेको यस कामपा वडा ८ ऐतिहासिक सहरका रूपमा परिचित रहेको बताइन् । उनले अरूबाट राम्रो काम देखासिकि गर्दा फरक नपर्ने पनि बताइन् । उनले भाषा धर्म संस्कृति जस्तै, अब नवनिर्मित वडा भवनबाट वडाबासी नयाँ किसिमको सेवा सुविधा पाउने विश्वास पनि ब्यक्त गरिन् ।

त्यस्तै, नवनिर्मित वडा भवन २०७९ माघ १३ गते महानगर प्रमुुख बालेन्द्र शाहले शिलान्यास गरेका थिए । महानगरपालिकाले करिब तीन करोड रुपैयाँ लागतमा बनाएको भवन पशुपति क्षेत्र विस्तारका क्रममा वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो । करिव २६ महिना अगाडि आशामान संगत सहितको टोली निर्वाचित भएर आए पश्चात् वडाभवनको निर्माण प्रक्रिया अगाडि बढेको हो । सुविधा सम्पन्न १६ वटा कोठा रहेको भवन अत्याधुनिक रहेको छ ।

Logo