दशगजामा भारतीयले बाटो खन्न थालेपछि स्थानीयले रोके

दशगजामा भारतीयले बाटो खन्न थालेपछि स्थानीयले रोके

केन्द्रबिन्दु
36
Shares

बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गएरातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए ।

“दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उनले भने, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनले बताए ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उनले बताए । “हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौँ”, उनले भने, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo