काठमाडौँ । भारतको नागपुरस्थित सडकमा चिया बेच्ने ‘भाइरल म्यान’ डली चायवाला नामले चिनिने सुनिल पाटिल यही भदौ ३१ गते नेपाल आउने भएका छन् । भिडियो सन्देश जारी गर्दै उनले आफू घुमघाम र केही समारोहका लागि नेपाल आउन लागेको जनाएका छन् ।
झापाको भद्रपुरस्थित ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीले उनलाई नेपाल ल्याउन लागेको बताइएको छ । भारत सिलीगुडी नजिकको एयरपोर्ट बागडोगरा हुँदै उनी गाडीमा भद्रपुर जान लागेका हुन् । संस्थाका प्रतिनिधि आरिफ अलीले एक पडकास्टको अतिथि बनाएर डली चायवालालाई नेपाल ल्याउन लागिएको बताएका छन् । सोही दिन उनले त्यहाँ हुने पडकास्टमा अन्तर्वार्ता दिनेछन् ।
असोज १ गते उनी भद्रपुर हुँदै काठमाडौँ आउने र त्यसपछि तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए । डलीमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न खोजिएको अलीले बताएका छन् ।





























प्रतिक्रिया