यात्रुको सुगर बढेपछि दिल्ली उड्नै लागेको जहाज त्रिभुवन विमानस्थलमै डाइभर्ट

यात्रुको सुगर बढेपछि दिल्ली उड्नै लागेको जहाज त्रिभुवन विमानस्थलमै डाइभर्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । शुक्रबार दिल्ली उड्नै लागेको जहाज पुनः पार्किङ वेमै फर्किएको छ । जहाजको बोर्डमा बसेका डायबिटिजका यात्रुको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि जहाज डाइभर्ट गरिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार बिहान ११ः३० बजे दिल्ली फर्किने तालिका रहेको भिस्ताराको ‘यूके–१५८’ उडान नम्बर भएको न्यरोबडी धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्किएको हो । दिल्ली जान लागेको जहाजभित्र १ सय ६१ जना यात्रु थिए । जहाजमा रहेकी एक महिला यात्रुले आफूलाई सुगर बढेका कारण अप्ठ्यारो भएको जानकारी दिएपछि काठमाडौँमै ल्याण्ड गरिएको हो ।

ती यात्रुलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको बताइएको छ । बिरामीलाई झारेर जहाज दिल्ली उडिसकेको छ ।

Logo