वरिष्ठ कलाकार हरिवंश आचार्यले भेटे मन्त्री दाहाललाई

वरिष्ठ कलाकार हरिवंश आचार्यले भेटे मन्त्री दाहाललाई

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो । भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उनको भनाइ थियो ।

छलफलका क्रममा वरिष्ठ कलाकार आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री दाहाललाई आग्रह गरे ।

मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताए ।

Logo