अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रगति विवरण पेस गर्न सर्वोच्चकाे आदेश

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रगति विवरण पेस गर्न सर्वोच्चकाे आदेश

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रगति विवरण पेस गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले काभ्रेका अर्जुन लामाको हत्या घटनामा अनुसन्धानको प्रगति विवरण पेस गर्न आदेश दिएको हो ।

अदालतले ०६९ मंसिर ११ को अन्तरिम आदेश कार्यान्वयनको प्रगति विवरण मागेको छ । “पूर्वादेश अनुसार नियमितरूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट नदेखिएको हुँदा सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू,” सर्वोच्चले भनेको छ ।

Logo