बैतडीमा स्यालका लागि थापेको पासोमा चितुवा परेपछि…

बैतडीमा स्यालका लागि थापेको पासोमा चितुवा परेपछि…

केन्द्रबिन्दु
30
Shares

बैतडी । बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरूले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो ।

जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको हो ।

स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरूले स्यालका लागि पासो थापेका थिए । उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए । पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरूको टोली मगाउने काम भइरहेको बताइएको छ ।

Logo