नेपाली सेनालाई अमेरिकाले दुईवटा हेलिकोप्टर र दुईवटा स्काई ट्रक दिँदै

नेपाली सेनालाई अमेरिकाले दुईवटा हेलिकोप्टर र दुईवटा स्काई ट्रक दिँदै

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । अमेरिकाले विपद् प्रतिकार्य र सेनाको हवाई क्षमता बढाउन नेपाली सेनालाई करिब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको दुईवटा हेलिकोप्टर र दुईवटा जहाज (स्काई ट्रक) दिने भएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीका अनुसार अमेरिकाले दिन लागेको दुईवटा जहाज र दुईवटा हेलिकोप्टर ल्याउने प्रक्रिया सुरु हुँदै छ ।

अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड बर्माले गत साउन ३२ गते नेपाल आएका बेला नेपाली सेनालाई यी सैन्य सामग्री दिने जानकारी गराएका थिए । नेपाली सेनाले यसअघि अमेरिकाबाट सन् २०१९ को डिसेम्बरमा पनि अनुदान सहयोगमा दुईवटा कार्गो जहाज (स्काई ट्रक) सहयोग पाएको थियो । ती दुई स्काई ट्रकको मूल्य २ करोड २४ लाख ७२ हजार ५ सय ७५ अमेरिकी डलर थियो । नेपाली सेनासँग हाल आठवटा मात्र हेलिकोप्टर चालु अवस्थामा छन् । सेनाका १० वटा जहाज र हेलिकोप्टर ग्राउन्डेड छन् । ग्राउन्डेडमध्ये पाँचवटा साधारण मर्मत गरे हुने खालका छन् ।

Skip This
Skip This
Logo