महालक्ष्मीको पूजा आराधना गर्दै बडादशैँको विसर्जन गरियो

महालक्ष्मीको पूजा आराधना गर्दै बडादशैँको विसर्जन गरियो

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपालीहरूको महानपर्व बडादशैँ विसर्जन गरिएको छ ।

गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडादशैँ कोजाग्रत पूर्णिमासँगै समापन भएको हो । बडादशैँ समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालिलाई सकिएको छ ।

नेपालीहरूले भव्य रूपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहँदै आएको छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडादशैँलाई बिदा गर्ने चलन रहेको छ । यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दशैँ विसर्जन गरिएको हो ।

Skip This
Skip This
Logo