सर्वोच्चको न्यायाधीशमा सर्वसम्मत अनुमोदन भए पाण्डे र निरौला

सर्वोच्चको न्यायाधीशमा सर्वसम्मत अनुमोदन भए पाण्डे र निरौला

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

बिहान ११ बजेदेखि बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुवैजनाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश थिए ।

Logo