रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राख्न आदेश दिएको हो।

उनीमाथि याे चौथोपटक म्याद थपिएको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो। उक्त म्याद पनि सकिएपछि आज १३ दिन म्याद थपिएको हो ।

प्रहरीले लामिछानेमाथि संगठीत अपराध, सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

Logo