काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार बिहान विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई हवाईमार्ग हुँदै दिउँसो काठमाडौं ल्याइएको थियो । त्यसपछि काठमाडौँ जिल्ला अदालत पेश गरिएका उनलाई न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएको हो । अब प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गर्नेछ ।
पूर्वमन्त्री अधिकारीमाथि पदमै रहँदा यही कात्तिक १४ गते आफूसँगै असम्बन्धित मान्छेलाई जापानमा लगेर मानव तस्करी गरेको अभियोग छ । अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएका थिए । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ ।





























प्रतिक्रिया