काठमाडौं । मानव तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलाशले अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । आइतबार विराटनगर स्थित बरगाक्षीमा रहेको डेराबाट पक्राउ परेका अधिकारीलाई सोही दिन अदालतले हिरासतमा राखी अनुसन्धान गर्न २ दिनको समय दिएको थियो । सो समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले आज फेरि एक साताको म्याद लिएको हो ।
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ ।





























प्रतिक्रिया