कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो । मानव तस्करीको आरोप लागेका अधिकारी कार्तिक २५ मा विराटनगरबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको थियो । यो तेस्रोपटक म्याद थपिएको हो ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायरा बाहिरै थिए । जब पदबाट राजीनामा दिए र विषयले चर्को रुप लियो, त्यसपछि प्रहरीको फन्दामा परेका हुन् ।

Logo