काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गगरेका हुन् ।





























प्रतिक्रिया