बुद्धकाे ज्ञानलाई अनुसरण नगर्ने हो भने हाम्रो गौरवको कुनै औचित्य रहँदैनः मन्त्री पाण्डे

बुद्धकाे ज्ञानलाई अनुसरण नगर्ने हो भने हाम्रो गौरवको कुनै औचित्य रहँदैनः मन्त्री पाण्डे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुद्धले दिनु भएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

आईतबार सम्पन्न बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्धकाे ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’

देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्घान्तिक भन्दा व्यवहारिक र सदाचारि बनाउनु पर्ने आवश्यकता औल्याउँदै मन्त्री पाण्डेले शिक्षा पद्घति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिए ।

विभिन्न देशका बुद्ध धर्मका आध्येताहरुलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने समेत विश्वास दिलाए ।

बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद व्यक्त गरे ।

Logo