काठमाडौँ महानगर र पशुपति क्षेत्र विकास कोषलाई आदेश पालना गर्न उच्च अदालतले दियो निर्देशन

काठमाडौँ महानगर र पशुपति क्षेत्र विकास कोषलाई आदेश पालना गर्न उच्च अदालतले दियो निर्देशन

केन्द्रबिन्दु
678
Shares

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न उच्च अदालत पाटनले निर्देशन दिएको छ ।

मारवाडी सेवा समिति नेपालले दिएको रिट निवेदनमाथि आदेश जारी गर्दै अदालतले कोष र महानगरलाई आदेश पालना गर्न निर्देशन दिएको हो ।

निवेदक मारवाडी सेवा समिति नेपाल र विपक्षी पशुपति क्षेत्र विकास कोषविरुद्ध उत्प्रेषण परमादेश समेत जारी गरिएको हो । यसका साथै, आदेशको प्रमाणित प्रतिलिपि रिट निवेदनमा उल्लिखित पक्षलाई पठाइएको छ l जसमा सो आदेशअनुसार आवश्यक कारवाही गर्न भनिएको छ।

धर्मशालामा भइआएका सम्पूर्ण काम कारवाहीमा अवरोध नगर्न भनी उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि महानगरले विभिन्न कारण देखाउँदै कार्यान्वयनमा आनाकानी गरिरहेको थियो ।

Logo