काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको आरोपको जिल्ला प्रहरी कार्यालय चितवनले खण्डन गरेको छ ।
लामिछानेलाई गत बुधवार चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएकाे थियो । सो क्रममा मापसे गरेका प्रहरी कर्मचारीले राति सुतेका बेला हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थ हुँदाहुँदै लगिएको भन्नेजस्ता खबर बाहिरिएका थिए । तर, उक्त सूचना कपोकल्पित र झुटा रहेको चितवन प्रहरीको दाबी छ ।
खराब मौसमका कारण हवाई मार्गबाट लैजान नसक्ने अवस्था भएपछि भीडबाट सुरक्षा चुनौती बढ्ने देखिएकाले विशेष सतर्कता अपनाइएको र स्थलमार्ग लिएर गएको विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया