देशैभरबाट आउने नागरिकहरूका लागि काठमाडौँ महानगरपालिका राजधानी बन्न सकोस्ः मेयर बालेन

देशैभरबाट आउने नागरिकहरूका लागि काठमाडौँ महानगरपालिका राजधानी बन्न सकोस्ः मेयर बालेन

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौँको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो ।

दिवस मनाउँदै काठमाडौँ महानगरपालिकका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन् ।

उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुगाउनुभएको छ । महानगरपालिकालाई सफा, सुन्दर र हराभरा बनाइदिनुहुने सम्पूर्ण सरसफाई कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु । काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनुहुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । काठमाडौँ महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनुभएको छ ।’

साथै उनले यो महानगरपालिका आफैँमा राजधानी भएको बताए । उनले राजधानी बासीका लागि मात्र नभएर यो महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरूको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना व्यक्त गरेका छन् ।

Logo