काठमाडौँ । पोखरा इलेक्ट्रिकल एसोसिएसनको साधारण सभा तथा १३ औँ अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ । शनिबार भएको २५ औँ साधारण सभा तथा १३ औँ अधिवेशनले समिति गठन गरेको हो ।
वार्षिक साधारण सभाबाट केशव ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको अध्यक्षमा ढकालसहित प्रथम उपाध्यक्षमा निलबहादुर भुजेल, द्वितीय उपाध्यक्षमा कृष्णमणि भण्डारी, तृतीय उपाध्यक्षमा सरस्वती गिरी, महासचिवमा मिलन तामाङ, सचिवमा विजय क्षेत्री, कोषाध्यक्षमा प्रदीप पौडेल, सह– कोषध्यक्षमा सुशिला अधिकारी भुर्तेल र सदस्यमा अमृत पोखरेल, नरेन्द्रकुमार कार्की तथा सरोज थापा निर्वाचित भएका छन् ।
संस्थाका नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाको साख र गरिमालाई कायम गराउँदै संस्थालाई थप उचाइमा पुर्याउन आफ्नो भरपुर योगदान रहने बताए । यस्तै उनले संस्थालाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका कार्यालयहरूमा संस्थाले प्रदान गर्दै आएको सुविधाहरूलाई प्रभावकारी बनाउने विषयमा नेपाल विद्युतीय व्यवसायी महासंघसँग सहकार्य र हातेमालो गर्दै अगाडि बढ्ने पनि जानकारी गराए ।






























प्रतिक्रिया