लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सोमबार मोरङ अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । वरिष्ठ कृषि अधिकृतबाट अवकाश प्राप्त सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बिचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले पैसा लिएको उनीमाथि आरोप छ ।

Skip This
Skip This
Logo