कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  सूर्यदर्शन बचत तथा ऋण सहकारीमा कास्की जिल्ला अदालतले तोकेको धरौटीविरुद्ध उच्च अदालतमा पुगेका छन् ।

न्यायाधीश नीजित राईको इजलासले तोकेको ६५ लाख धरौटी बदरको माग गर्दै लामिछाने सोमबार उच्च अदालतमा पुगेका हुन् । उनले निवेदनमा साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । 

सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा गत कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका उनी ८४ दिनपछि २५ पुसमा ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएका थिए । अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा उनी ‘कसुरदार रहेनछन् भन्ने मनासिब आधार नदेखिएको’ उल्लेख गरेको थियो ।

पोखराबाट रिहा भएका लामिछानेसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटी माग गरेको छ । लामिछानेले धमाधम बैंक ग्यारेन्टी राख्दै रिहा भइरहेका छन् ।

Logo