काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले नेपाली युवाहरु धेरै मात्रामा विदेशी रहेको बताएका छन् ।
सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भइरहेको बताएका हुन् ।
उनले भने, ‘अहिलेसम्म बढी नागरिकहरुले देश छोडेको अवस्था छ । मंसिर महिनामा सबैभन्दा बढी युवा विदेशिएका छन् । ८४ हजार युवाहरुले देश छोडेका छन् । आज नेपालबाट थुप्रै युवाहरु विदेश गइरहनुभएको छ । जानु आफ्नो बाध्यता हुन सक्छ, कसैले आफ्नो राम्रो भविष्य बनाउनका निम्ती गइरहनुभएको होला । कसैलाई आफ्नो रोटी रोजिको समस्या होला, नेपालमा रोजगारि पाइएन होला त्यसैले विदेश गइरहनुभएको छ, होला भन्ने कुराले चिन्तित गराइ रहेको छ । अर्कोतर्फ हेर्ने हो भने नेपाल भनेको केही पनि सम्भावना नभएको देश हो भन्ने ढंगले भाष्य सिर्जना गरिँदैछ ।’
साथै उनले नेपालीहरु पलायन नभइ विस्तार भएको बताए । उनले नेपालमै सम्भावना देख्ने र सम्भावनाका ढोकाहरु खोल्ने हो भने विस्तार भएका नेपालीहरु फेरि नेपालमा आउने पनि बताए ।





























प्रतिक्रिया