प्रभु साहकाे मुद्दामा कारण देखाउ आदेश जारी

प्रभु साहकाे मुद्दामा कारण देखाउ आदेश जारी

केन्द्रबिन्दु
30
Shares

रौतहट । रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

उक्त मुद्दामा आइतवार भएको सुनुवाइपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो ।

रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भु प्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए । उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्ण पाठ आउन समय लाग्नेछ । इजलाशबाट पूर्ण पाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए ।

आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

Skip This
Skip This
Logo