काठमाडौं । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
उनीविरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा लामिछानेमाथि ठगी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।
यसअघि ठगीको आरोपमा १७ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो र अहिले थप १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको हो ।
साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । लामिछाने गोरखा मिडियाका पूर्व एमडी हुन् । अन्य गोरखा मिडियाका अध्यक्ष जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्। हाल जिबी राई भने फरार छन् ।
यसअघि लामिछाने विभिन्न तीन जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन्। अब उनको यात्रा चितवनतर्फ मोडिएको हो ।





























प्रतिक्रिया