रवि लामिछानेको थुनछेक मुद्दामा आजको बहस सकियो

रवि लामिछानेको थुनछेक मुद्दामा आजको बहस सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । साहारा चितवन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।

जिल्ला अदालत चितवनको दयाराम ढकालको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।

बिहीबार फेरि सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले बहस गर्नेछन् ।

Skip This
Skip This
Logo