भारतको महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु

भारतको महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
291
Shares

बुटवल । भारतको महाकुम्भ मेला स्नान गरेर फर्किने क्रममा गाडी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ ।

कुम्भ मेलाबाट फर्किदै गर्दा दुर्घटनामा परी रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको हो । दुर्घट्नामा परी पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्मा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।

युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर दुर्घटना भएको जानकारी आएको सेनले बताए ।

Logo