बारको चुनावमा नेपाल डेमोक्रेटिक लयर्स, प्रगतिशिल र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनबीच गठबन्धन

बारको चुनावमा नेपाल डेमोक्रेटिक लयर्स, प्रगतिशिल र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनबीच गठबन्धन

केन्द्रबिन्दु
306
Shares

काठमाडौं । आसन्न नेपाल बार एशोसिएशनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन, नेपाल र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले तालमेल गरेका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठनका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिव ठाकुर प्रसाद आचार्यले एक संयुक्त विज्ञप्ति जारी गर्दै यही चैत्र २३ गते हुन लागेको निर्वाचनमा आफूहरु एकै ठाँउमा उभिएको जानकारी गराएका हुन् ।

‘न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

तीन संगठनले न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नका लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

बारको चुनावमा यी संगठनबाट प्रा. डा. व. अ. विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव व. अ. केदार प्रसाद कोइराला मैदानमा छन् ।

Logo