शान्तिपूर्ण रूपले कार्यक्रमस्थल जाँदै गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो -दुर्गा प्रसाईं

शान्तिपूर्ण रूपले कार्यक्रमस्थल जाँदै गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो -दुर्गा प्रसाईं

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । राजावादी आन्दाेलनका कमान्डर दुर्गा प्रसाईंले समर्थकहरुलाई प्रदर्शनका नाममा निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट आफ्नो अभिव्यक्ति दिँदै निजी सम्पत्तिमा आक्रमण नगर्न आन्दोलनकर्ताहरुलाई आग्रह गरेका छन् । 

प्रसाईंले शान्तिपूर्ण रूपमा कार्यक्रम स्थल जाँदै गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गरी कार्यक्रम सुरु सम्म गर्न समेत नदिएको बताएका छन् । लाठीचार्ज गर्दै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरेपछि समस्याको सिर्जना भएको आरोप छ ।

प्रसाईंले लेखेका छन्- 

‘साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तिपूर्ण रूपमा कार्यक्रम स्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्यो, लाठीचार्ज गर्यो अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन । मैले सुन्दैछु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस्, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तिको सास फेर्नेछ । 

 प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो, कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’

Logo