काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको तर्फबाट चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनले भने, ‘चैत्र १५ को घटनामा ज्यान गुमाएका एभिन्यूजका क्यामेराम्यान सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ भाटभटेनीको तर्फबाट सहयोग गर्ने छौ र अर्को सविन महर्जनको परिवारलाई पनि ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्दछु ।’
उनले एउटा व्यवसायी र नेपालीको हैसियतले अब नेपालमा राजा आउन सम्भव नभएको भन्दै उद्घोष पनि गरेका थिए ।
उनले भने, ‘हामीलाई राजा गयो अब फेरि आउँछ भन्ने छ, अब आउँदैन । राजा आउँदैन मैले उद्घोष गरे, म एउटा व्यवसायी र एउटा नेपाली भएर भन्दै छु राजा आउँदैन । भाटभटेनीमा ढुङ्गा हान्ने काम गर्नुहुँदैन । नेपाल सरकारलाई के भन्न चाहान्छु भने कुनै एउटा डनले थर्काउदा थर्किनु पर्ने त्रासको वातावरणबाट हामीलाई मुक्त गर्नु ।’
साथै कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । उनको योगदानका लागि भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ । उनीसँगै घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका अन्य कर्मचारीहरूलाई पनि सम्मानित भएका छन् ।





























प्रतिक्रिया