काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला उल्ट्याउँदै पक्राउ गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मध्यरातमा काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए । शनिबार र आइतबार सार्वजनिक विदा परेका कारण प्रहरी हिरासतमै रहेका लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने प्रहरीको तयारी छ ।
सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो । आदेश आएको २ घण्टामै बेडरुममै पुगेर हतारोमा पक्राउ गरेको प्रहरीले अहिलेसम्म कानुनी प्रक्रिया पूरा गर्न सकेको छैन ।





























प्रतिक्रिया