काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक (फ्याक्ट्स अफ नेपाल २०२५) सार्वजनिक गरेको छ ।
नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृतिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको “फ्याक्ट्स अफ नेपाल २०२५” संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत विषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने जनाइएको छ ।
डेटा र इन्फोग्राफिक उक्त पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ। पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन्।
१०औं संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.स. २०७२ सालको भूकम्प र कोभिड -१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल २०१२ देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गरिरहेको छ।
फ्याक्ट्स नेपालले नेपालको अनुसन्धान क्षेत्र तथा संस्कृतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। सो संस्थाले विभिन्न छलफल र इन्फोग्राफिक्स मार्फत् राष्ट्रिय टेलिभिजन, समाचारपत्र, जर्नल, र अनलाइन समाचार पोर्टल जस्ता विभिन्न मिडिया आउटलेटहरूसँग सहकार्य गरी तथ्यांक र तथ्यहरू सार्वजनिक गर्दै आइरहेको छ।
कथालयको साझेदारी रेहको उक्त पुस्तकको मुल्य पाँच मुल्य तोकिएको पनि ३० प्रतिशत छुट गरिएको र थुपै्र डट कम बाट खरिदका लागि उपलब्ध हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।































प्रतिक्रिया