रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो, कस्तो आदेश आउला ?

रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो, कस्तो आदेश आउला ?

केन्द्रबिन्दु
195
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सकिएको हो। यसअघि हेर्न नमिल्नेमा परेको रिटमाथि आज सुनुवाइ भएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। सोही आदेशबमोजिम लामिछाने हाल भैरहवा कारागारमा छन्। त्यसविरुद्ध आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेकी थिइन्।

Logo