काठमाडौं । द रोटरी क्लब अफ काठमाडौं मिडटाउनले कोष संकलनका लागि ‘एन इभिनिङ फर गुड अर्थ’ कार्यक्रमको आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उदेश्य भनेको क्लवको नयाँ परियोजनाका लागि कोष संकलन गर्नु हो ।
स्वच्छ पानीमा पहुँच, शिक्षा, स्वास्थ्य सेवा, युवखा सशक्तिकरण र विपद् प्रतिकृया सहित महत्वपूर्ण सामुदायिक मुद्दामा समेट्ने र यस परियोजनाका लागि कोष संकलन गर्न क्लवले मे २५ मा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम गर्ने भएको हो ।
यस कार्यक्रमबाट प्राप्त आम्दानीले रोटरी क्लबले ल्याएको नयाँ परियोजना नेपालको हिमाली क्षेत्रहरुमा जलवायु संकटलाई सम्बोधन गर्ने विषयमा सघाउ पुर्याउने विश्वास लिएको रोटरी क्लवकी अध्यक्ष रुपी सिंहले बताइन् । उनले भनिन्, ‘यस पहलको उदेश्य जागरुकता बढाउने, स्थानीय लचिलोपनलाई बलियो बनाउने र जलवायु प्रभावहरुलाई कम गर्न समुदायमा आधारित समाधानहरु कार्यान्वयन गर्ने हो ।’
क्लवले ‘हिमालयमा जलवायु संकटको जवाफ’ शीर्षकमा नयाँ परियोजना ल्याएको छ ।
पछिल्लोसमय विश्वको तापक्रम बढ्दै गएकाले नेपालका हिमालका हिँउहरु पग्लने क्रम बढ्दो रहेको अध्ययनले देखाएको छ । २० वर्ष अगाडिसम्म हिमालका चुचुरोमा हिँउको थुप्रोहरु अत्यधिक रहेको थियो तर पछिल्लो समय हिँउ पग्लिएको अवस्था रहेको छ ।
ग्लेसियर पग्लिएर प्रकोप निम्तिने, हिउँ पहिरो जाने जाखिम बढ्दै गएको छ, जसका कारण मानविय क्षति र प्रकृतिमा यसले नकारात्मक प्रभाव पारिरहेको छ ।
त्यसैले द रोटरी क्लब अफ काठमाडौं मिडटाउनले यस विषयका मुद्दाहरुको उठान गरी यसबाट उत्पन्न समस्या, नेपालमा पारेको प्रभाव समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर जनचेतना फैलाउनका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । यस क्लवले विगतदेखि नै प्राकृतिक जोखिममा कामहरु गर्दै आएको छ ।
यस कार्यक्रममा करिव ३०० व्यक्तिहरुको सहभागिता रहने विश्वास गरिएको छ । कार्यक्रममा वातावरण, हिमालको विषयमा जानकारहरुसँग छलफल गरिने छ ।































प्रतिक्रिया