क्लोजअपद्वारा भ्वाइस अफ नेपाल सिजन -६ का विजेता प्रोशेश पाण्डेलाई १ लाख पुरस्कार प्रदान

क्लोजअपद्वारा भ्वाइस अफ नेपाल सिजन -६ का विजेता प्रोशेश पाण्डेलाई १ लाख पुरस्कार प्रदान

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । क्लोजअपद्वारा प्रायोजित भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोशेश पाण्डेलाई १ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरेका छन् ।

सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको हो ।

क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबलमार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजअपको यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।

क्लोजअपले सधैं आत्म अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ ।

‘भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,’ क्लोजअपका प्रतिनिधिले भने ।

Logo