काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठनका संयोजक सुजित केसी रिहा भएका छन् ।
बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहा गर्न आदेश दिएको हो । फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका कारण केसी पक्राउ परेका थिए । यो विषय राप्रपाले संसदमा समेत उठाएको थियो ।
केही दिनअघि केसीले फेसबुकमा लेखेका थिए, ‘कालो धनलाई सेतो बनाउने प्रपञ्च, शेरबहादुर देउवा र आरजु देउवाका सुपुत्र जयवीरसिंह देउवाले हिल्टन होटल किनेका छन् ।’ यी सञ्चारमाध्यममा आएका समाचारमा लेखिएको सामान्य आलोचनात्मक टिप्पणीमा उनी पक्राउ पक्राउ परेका थिए ।





























प्रतिक्रिया