मानव तस्करीमा अख्तियारले अनुसन्धान गरिरहेकै बेला गृहले गर्‍याे १४ कर्मचारीको सरुवा

मानव तस्करीमा अख्तियारले अनुसन्धान गरिरहेकै बेला गृहले गर्‍याे १४ कर्मचारीको सरुवा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत १४ जना कर्मचारीको सरुवा गरेको छ ।

भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्नता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईसहित त्यहाँ कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिरहेका बेला गृहले कर्मचारीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र चार जना कम्प्युटर अपरेटर छन् । त्यहाँ कार्यरत नायब सुब्बा खुबराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दत्त लामालाई जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई गोरखा, तेजराज गौतमलाई बागलुङ, सुवास केसीलाई रुकुम पश्चिम र कुबेरप्रसाद दाहाललाई धनकुटा सरुवा गरिएको छ ।

त्यस्तै, नायब सुब्बा प्रमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा नरबहादुर थापालाई बाँके पठाइएको बताइएको छ । सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा त्यसअन्तर्गत सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

अख्तियारले सरुवा भएकै भोलिपल्ट प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अहिले उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियारले ‘फरेन्सिक ल्याब’मा पठाएको छ । अनुसन्धान जारी छ ।

Logo