टेलिकमको भ्रष्टाचार मुद्धामा को-को विरुद्ध चल्यो मुद्धा ?

टेलिकमको भ्रष्टाचार मुद्धामा को-को विरुद्ध चल्यो मुद्धा ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आइतबार अख्तियार सूचना जारी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको हो । टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आइतबार उनीहरुविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ । यस प्रकरणमा पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिइसकेको छ ।

मुद्धा दर्ता हुनेमा पहाडीसँगै पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमूल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपनिर्देशक राजीवकुमार केसी, तत्कालीन उपप्रबन्धक सन्तोषकुमार श्रेष्ठ, तत्कालीन उपनिर्देशक नवल चौधरी रहेका छन् ।

त्यस्तै तत्कालीन उपप्रबन्धक मुक्तिप्रसाद अर्याल, तत्कालीन उपप्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, तत्कालीन उपप्रबन्धक परमात्मा भट्टराई रहेका छन् । साथै चिनियाँ तीन कम्पनी पनि रहेका छन् ।

Logo