काठमाडौं। गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा जनकमाण्डरको भूमिकामा रहेका दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
तीनकुने घटनाबारे थुनछेक बहस पूरा भएसँगै बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको छ ।
यसैगरी घटनामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका ३२ जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
धरौटीमा रिहा हुनेहरुमा हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, पुष्कर खतिवडा २० हजार, मुनेन्द्र राजभण्डारी १० हजार, कुमार बस्नेत २० हजार, अनिल कुमार थापा १० हजार, तारानाथ बोहरा १० हजार, दान बहादुर न्यौपाने १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
मेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार र दिनेश खड्कालाई ५० हजार धरौटीमा छाड्न आदेश गरिएको छ ।
त्यस्तै अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोज कुमार सापकोटासँग १० हजार धरौटी लिन आदेश गरिएको छ ।





























प्रतिक्रिया