बागमतीका निलम्बित मेयर थापा ५० लाख धरौटीमा रिहा

बागमतीका निलम्बित मेयर थापा ५० लाख धरौटीमा रिहा

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । थापा आइतबार नै अदालतमा हाजिर भएका थिए ।

उनीमाथि अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्‍याएको तथा वन ऐनको उल्लंघन गरेको अभियोग छ ।

Logo