काठमाडौं । पत्रकार दिलभुषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । पाठकले जारी भएको पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटमा न्यायाधीश ऋषि राजभण्डारीले सो आदेश गरेका हुन् ।
दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गर्दै पाठकले बनाएको भिडियोउपर परेको उजरीका आधारमा साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी भएको थियो ।






























प्रतिक्रिया