काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको तीनकुने घटनाका आरोपी मिश्र आज अदालतमा उपस्थित भएका हुन् । हानिरी जमानीमा छुटेपनि बयानका लागि उपस्थित नभएपछि उनी यसअघि फरार सूचीमा रहेका थिए । उनको आजै थुनछेक बहस हुने बताइएको छ ।
सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार ३ लाख धरौटीमा छुटिसकेका छन् ।































प्रतिक्रिया