निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको मुद्दामा आज सुनुवाइ हुँदै

निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको मुद्दामा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

आफूलाई ६ महिना निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयविरुद्ध पाण्डेले जेठ २५ गते नै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। जेठ २७ गते प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई बुधबार बोलाएको हो।

पाण्डेले काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत सरोज गुरागाईं, निमित्त नगर प्रहरी प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।

गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । चैत २१ गते आफूलाई कार्यालयमा छिर्न नदिई हुलहुज्जत गरेको आरोपमा जेठ ६ गते उनलाई स्पष्टीकरण सोधिएको थियो, स्पष्टीकरण बुझाए पनि चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेका हुन् ।

Logo