आलमलाई सफाइ दिने न्यायाधीशद्वयलाई तानियो न्याय परिषद्‌मा

आलमलाई सफाइ दिने न्यायाधीशद्वयलाई तानियो न्याय परिषद्‌मा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन् ।

न्यायाधीशद्वय थारु र महर्जनले हालै राजपुर बमकाण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिने निर्णय गरेका थिए, जुन निकै आलोचित बनेको थियो ।

बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो । आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेपनि न्यायाधीशद्वयहरुले सफाइ दिएपछि बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले उजुरी दिएका थिए ।

Logo